काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले एनसेल प्रकरणबारे स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै सांसद सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री, उनको परिवार र सचिवालयविरुद्ध अनर्गल प्रचार गरेको भन्दै आपति जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘मा। अमरेशकुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुटको खेती गर्दै आएका छन्। उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ । उनको यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को २८ मा भाग लिन दूबईमा रहेको बेला गरिएको किनबेचको प्रपञ्चलाई अहिले छानिबन र कारबाहीको प्रक्रिया अगाडि बढाइएको पनि सचिवालय स्पष्ट पारेको छ ।
सांसद अमरेश कुमार सिंहले आइतबार समाजिक सञ्जालमा प्रधानमन्त्रीको छोरी तथा स्वकीय सचिव गंगा दाहालले स्टाटस लेखेका थिए । उनले लेखेका छन्, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेका छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’