दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज हुँदैछ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर गर्न चलन छ । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको छ ।

त्यसका लागि मानिसहरू पशुपति क्षेत्रमा बत्ती बालेर जाग्राम बस्ने तयारीमा छन् । पशुपति क्षेत्रमा सोमबार बिहान शतबीज छर्नको लागि आज बेलुकीजेखि नै भक्तजनहरू बत्ती बालेर जाग्राम बस्न थालेका हुन् । दिवंगत आत्मालाई स्वर्गसम्म बाटो देखाउन र आत्माको शान्तिको लागि बत्ती बाल्ने गरिन्छ ।

भोलि बिहान भने पशुपति क्षेत्रमा शतबीज (सात प्रकारका बीउको सम्मिश्रण) छरिन्छ । यसरी छरिएको शतबीजले पुण्य कमाइने विश्वास गरिन्छ ।