भरखरै १८ जनामा कोरोना संक्रमित थपिए

५ जेठ, सुर्खेत । आज सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक(एक जना छन्।

दैलेखका एक पुरुषमा पनि संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण देखिएको । यसअघि प्रदेशभर एउटा पनि संक्रमण फेला परेको थिएन ।

योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।