Breaking News

अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

अमेरिका । अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ ।

उनले रिचर्ड निक्सन र गेराल्ड फोर्ड राष्ट्रपति हुँदा अमेरिकाको शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेका थिए। जर्मनीमा जन्मिएका उनको अमेरिकाको कनेक्टिकटस्थित घरमै मृत्यु भएको जनाइएको छ ।

आफ्नो दशक लामो करिअरमा किसिन्जरले अमेरिकी विदेश र सुरक्षा नीतिमा महत्त्वपूर्ण र कहिलेकाहीँ विवादास्पद भूमिका पनि खेलेका थिए।