Breaking News

श्रीमतीको हत्या गरी भारतमा लगेर शव फालेको आरोपमा सिरहाबाट एक जना पक्राउ

सिरहा । श्रीमतीको हत्या गरी भारतमा लगेर शव फालेको आरोपमा सिरहाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहा नगरपालिका- १५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई ३० वर्षीया श्रीमती संजिता कुमारी यादवको हत्या अभियोगमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गत हप्ता श्रीमतीको हत्या गरी फरार भएका यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजीकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

घरायसी विवादका क्रममा उनले इँटा र बाँसको भाटाले मरणासन्न हुनेगरी कुटपीट गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि उनले श्रीमतीको शव भारतको मधुबनी जिल्लाको खजोली थाना अन्तर्गत सलरा भन्ने ठाउँमा लगेर झाडीमा फालेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमपछि प्रहरीले परिवारको जिम्मा लगएको छ। यादव दम्पतिका ५ जना छोरा छोरी छन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए।