काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आज सिंहदरबारमा गएर सिंहदरबारस्थित पश्चिमतर्फको पुनर्निर्मित भवनको अवलोकन गरेका छन् । अध्यक्ष ओलीलाई प्रधानमन्त्री ‘प्रचण्ड’ले सो भवन अवलोकन गराएका हुन् ।
प्रधानमन्त्री कार्यालय रहेको भवनमै रहेको आर्ट ग्यालरी पनि ओलीले अवलोकन गरेका छन् । त्यसक्रममा मुख्यसचिव वैकुण्ठ अर्यालले ओलीलाई भवनको विशेषताबारे ब्रिफिङ गरेका थिए ।
१२ वैशाख ०७२ मा आएको भूकम्पले क्षति पुर्याएपछि प्रयोगहीन रहेको सो भवन रेट्रोफिटिङ गरी पुनः सञ्चालनमा ल्याइएको हो । रेट्रोफिटिङपछि प्रधानमन्त्री कार्यालयको काम पनि यही भवनबाट सञ्चालन हुँदै आएको छ ।