गाउँपालिका अध्यक्षको पुत्ला जलाईयो, मुख्यमन्त्रीको राजनीनामा मागियो

५ जेठ, कैलाली । कालिकोटको पलाता गाउँपालिकाको राडुनेटामा केही दिन अघि भएको विवादले सुदूरपश्चिमको कैलालीमा समेत पुगेको छ । सोही झडपबाट विवादित पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमको पुत्ला आज कैलालीको लम्कीमा जलाइएको छ ।

गाउँपालिकाको रकम अनियमितता भएको, स्थानीय नागरिकलाई अध्यक्ष बम र उनका आफन्तबाट धम्की दिने काम भएको भन्दै लम्कीमा बसेका पलातावासीले उनको पुत्ला जलाएका हुन् ।

गाउँपालिकामा आर्थिक अनियमितता भएको भ्रष्टाचारका आरोपितलाई बचाउन खोजेको र निर्दोस नेता तथा कार्यकर्तालाई झुठा मुद्धा लगाएर प्रशासनको नियन्त्रणमा लिएको भन्दै लम्कीमा रहेका पालताका स्थानीयले अध्यक्ष बम विरुद्धको आन्दोलन शुरु गरेका हुन् ।

लगडाउन (बन्दाबन्दीको) अवस्थामै लम्कीमा जम्मा भएका स्थानीयले भ्रष्टाचारी सरकार राजीनामा दे, गाउँपालिकाको खाता बन्द गर, निर्दोस नेता तथा कार्यकर्तालाई रिहा गर लगायतका नारा लगाएका छन् ।

गाउँपालिका अध्यक्षले निर्दोष नागरिकलाई नियन्त्रणमा लिएर झुठा मुद्धामा फसाउन खोजेको आरोप लगाएका उनीहरुले निशर्त रिहाई नगरे अध्यक्ष विरुद्धको आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । गाउँपालिका अध्यक्ष बमको पुत्ला बनाएरै आन्दोलन गरेका उनीहरुले थप आन्दोलन चर्काउन लम्कीबाटै गाडी रिजर्भ गरेर कालीकोट सदरमुकाम मान्म पुग्ने समेत चेतावनी दिएका छन् ।

यसैगरी अध्यक्ष बमबाट आफुहरु असुरक्षित भएको भन्दै पलाँता गाउँपालिका–१ का स्थानीय जयलाल जयलाल न्यौपानेले आफूलगायत ११ जनालाई ज्यान मार्ने धम्की आएको भन्दै आफू असुरक्षित रहेको बताएका थिए । गरेका छन् । ‘मलाई चार दिनदेखि फेसबुक र अन्यमाध्यमबाट ज्यान मार्ने धम्की आएको उल्लेख गर्दै न्यौपानेले आज (सोमबार) एक विज्ञप्ती निकाल्दै आफूलगायत अन्य नागरिकको ज्यान रक्षाको माग गरेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्वाचन क्षेत्र भएको पलातामा निकै अनियमितता र मनपरी भएको भन्दै आइतबार गाउँपालिकामा स्थानीयले मुख्यमन्त्री शाहीको राजीनामा माग्दै गाउँपालिकाका ९ वटा मध्ये ८ वटा वडा कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
आजै भएको पुत्ला दहन बोल्ने क्रममा राज्यले पक्राउ गरी हिरासतमा राखेका दुबै नेता स्वतन्त्र हुन त्यसैले उनीहरुकोे चाडोभन्दा चाडो रिह हुनुपर्छ र त्यसको न्यया र अन्याय जनताले दिनेछन् । जबसम्म थुनिएका पालिका अध्यक्ष र वडा अध्यक्ष रिहा नहुँदा सम्म पनि आन्दोलन जारी राख्ने बताएका छन् ।

समाचार नेपालबोटबाट

भिडियो हेर्नका लागि साइटको लाष्टमा कदर टिभिभित्र गएर हेर्न सक्नु हुनेछ ।