आज फेरि झापामा एक जनामा कोरोना संक्रमित भेटिएका छन्

५ जेठ, काठमाण्डौ । नेपालमा एक पछि अर्को गरी कोरोनाका संक्रमित थपिन क्रमसँजै आज फेरि झापामा एक जना कोरोना संक्रमित थपिएका छन् ।

भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले उनमा संक्रमण पुष्टि भएको हो । ती संक्रमित युवकलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
यसअघि सोमबार नै नेपालमा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित गरेर संक्रमितको संख्या ३५८ पुगेको छ ।