आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति  भएको खेलमा ब्रेन्फोर्डलाई १-० ले पराजित गरेपछि आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आर्सनलको जितमा काइ हाभार्टले खेल सकिन एक मिनेट बाँकी छदा गोल गरेका थिए। उनले बुकायो साकाले दिएको पासमा गोल गर्न सफल भएका थिए।

त्यसअघि पहिलो हाफमा आर्सनलका लियोन्ड्रो ट्रोसार्डले बललाई जाली चुमाए पनि भिएआरले मान्यता दिएन ।

शनिबार नै लिगका शीर्ष टिमहरु म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल एक एक गोलको बराबरीमा सकिएको फाइदा आर्सनललाई भयो।

अंक तालिकामा आर्सनल १३ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको २९ अंक र तेस्रो स्थानको लिभरपुलको २८ अंक छ।

यता शनिबार न्युसकासलले चेल्सीमाथि ४-१, वेस्ट ह्यामले वर्नलीमाथि २-१, लुटनले क्रिस्टल प्यालेसमाथि २-१, ब्राइटनले नटिघममाथि ३-२ र वर्नमाउथले सेफिल्डमाथि ३-१ गोलको जित हात पारेका छन्।