काठमाडौँ । आज शनिबार राजधानीको सिफलमा आयोजित प्रदर्शनका क्रममा बोल्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले भने, नेपालीको समय १०० वर्ष आन्दोलनमा गएको बताएका छन् अबको समय विकास र समृद्धिको रहेको भन्दै सबै नेपाली राष्ट्रवादी बन्न जरुरी रहेको बताए ।
राजावादीलाई पनि राजावादी नभएर आफूहरुको आन्दोलनमा राष्ट्रवादी भएर नेपालको झण्डा बोकेर आउन आह्वान गरे । नेपालको झण्डामुनि गोलबद्ध भएर भ्रष्टाचार र गरिबीविरुद्ध लड्नुपर्ने उनको भनाइ थियो । ‘कुरा बुझ्नुभयो नि, एक समय रेडियोले भन्थ्यो, यो समय मुना चियाको हो । अहिले यो समय दुर्गा प्रसाईंको हो । देशको विकास गर्न दुर्गा प्रसाई जन्मिएको छ।