Breaking News

माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा. उपेन्द्र महतोले राजीनामा दिए

७ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा। उपेन्द्र महतोले राजीनामा दिएका छन् ।

मंसिर ७ गते उनले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । उनी गैरआवासीय नेपाली संघ ९एनआरएन०का संस्थापकसमेत हुन् ।

उनको राजीनामा समितिले स्वीकृत गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

साथै बैंकले हालका सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । केसी पोखरा महानगरपालिका(७ का स्थायी बासिन्दा हुन् ।