३ मंसिर, काठमाडौं । भारतमा हिजो सम्पन्न एकदिवसीय विश्वकपको उपाधिमा घरेलु टोली भारतलाई अष्ट्रेलियाले ६ विकेटले हराउँदै हात पारेको छ । पहिजो टस जितेर ब्याटिङ गरेको भारतले अष्ट्रेलियालाई २४० रनको टार्गेड दिएको थियो । जवाफी ब्याटिङमा अष्ट्रेलियाले सहजै ट्रागेट पुरा गर्दै उपाधि जित्न सफल भएको हो । अष्ट्रेलियाका खेलाडी ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।
भारतको अहमदाबादमा भएको फाइनलमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो ।
मोहम्मद शामीले आफ्नो पहिलो ओभरमै अष्ट्रेलियाका सफल ब्याट्सम्यान डेभिड वार्नरको विकेट लिए । शामीको लुड लेन्थ बलमा बार्नरले खेल्न खोजेका थिए, तर ब्याटको बाहिरी किनारामा लागेको बल स्लिपमा रहेका विराट कोहलीको हातमा पुग्यो । उनी मात्र ७ रनमा आउट भए ।
खेलको पाँचौं ओभरमा जसप्रित बुमराहले मिशेल मार्शको विकेट लिए । उनी १५ रनमा आउट भए । आफ्नो अर्को ओभरमा उनले नै स्टिभ स्मिथलाई एलबीडब्लू धरापमा पारे । बुमराहको स्लो कटरमा स्मिथ चुके र बल उनको प्याडमा लाग्यो । भारतको एलबीडब्लू अपीलमा फिल्ड अम्पायरले विकेट लिए । स्मिथले रिभ्यू लिएनन् । जबकि रिप्ले र बल ट्र्याकिङमा देखाइएको बल अफ स्टम्प बाहिर गएको देखिएको थियो ।
४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएसँगै दबाबमा आएको अष्ट्रेलियाले पावर प्लेमा निकै संघर्ष गर्नु परेको थियो । तर हेडले लाबुशेनसँग मिलेर पारी सम्हाले ।
दुवैले चौथो विकेटका लागि १९२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार बनाए । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए ।
म्याक्सबेलले पहिलो बलमै दुई रन लिएपछि अष्ट्रेलिया विजयी भयो ।