सिन्धुली कारागार कार्यालयमा एक कैदी बन्दीको मृत्यु भएको छ।
सिन्धुलीको दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापा छन्।
हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल आज बिहान ३ बजे बेहोस अवस्थामा फेला परेका थिए।
उनलाई तत्काल उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।
विमल सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि असोज १७ गतेदेखि थुनामा थिए।
उनको मृत्युको कारण खुलेको छैन। कारागारमा झगडा भएको भन्ने रिपोर्ट पनि नआएको र बुधबार उनी सकुशल नै सुतेका थिए।
विमलको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
पोष्टमर्टम रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुनेछ । घटनाबारे अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले बतायो ।