काठमाडौं । काठमाडौंमा राति १ बजेसम्मा देशउसी भैलो खेल्न पाइने भएको छ । काठमाडौं महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका हुन् । त्यसका लागि सुरक्षा व्यवस्था मिलाइएको मेयर बालेनको भनाइ छ ।
‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो देल्ने समय काठमाडौंभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,’ मेयर बालेनले भनेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं । सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन अनुरोध गर्दछौं ।’
साथै उनले तिहार तथा छठका समय नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका
छन् ।