अमेरिकी आइडलको १८ औं सिजनको नेपालका दिवेश पोखरेल उपबिजेता

५ जेठ, काठमाडौं । अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता २१ बर्षकी जस्ट साम बन्दै गर्दा नेपालका दिवेश पोखरेल (आर्थर गन) आइडलको उप–विजेता बनेका छन् ।
समापान शोमा टप फाइभमा पुगेका दिवेश भोटिङमार्फत टप टुमा पुग्न सफल भएका हुन् ।

नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका पुगेका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् ।
उनी प्लस टु उत्तिर्ण गरेपछि अमेरिका पुगेका थिए ।

दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानल समेत बनाएका उनका एक दर्जनजति गीत छन् ।

अमेरिकामा रहेका नेपालीहरुले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए ।