२१ कात्तिक, काठमाडौं । पाटन अस्पतामा उपचारार्थ रहेका दुई जना बिरामीलाई चिकित्सकले गलत औषधि चढाएका कारण बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले आन्दोलन गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् ।
मृत्युका आफन्तले आक्रोशित हुँदै चिकित्सकमाथि हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।
गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालको आरोप छ ।
अहिले कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएको र हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनी स्वास्थ्यकर्मीको छ ।