काठमाडौँ । जाजरकोटमा हिजो राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिम जिल्लामा मात्र ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले रुकुमले जनाएको छ । मृत्यु हुनेमा २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।
जिल्लामा सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा क्षति पुगेको छ । सो नगरपालिकामा २३ जना महिला र १९ जना पुरुष गरी ४२ जनाको मृत्यु भएको छ । बाँकी १० जना सानीभेरी गाउँपालिकाका छन् । सो गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुषको मृत्यु भएको छ ।