काठमाडौँ । हिजो राती जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ८ पुगेको छ । घाइतेहरू ९ वटा जिल्लाको रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूमा जाजरकोटका १ सय ६ जना, रुकुम पश्चिमका ८६ जना, दैलेख, प्युठान, बैतडी र जुम्लाका ३–३ जना, सल्यानका २ जना तथा रोल्पा र दाङका १–१ जना छन् ।
यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।