१८ कात्तिक, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितकाे उद्धार, उपचार र राहतका लागि तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।
एनसेलका अनुसार यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका
छन् । यसको समयसीमा १५ दिनको रहने छ ।