१८ कात्तिक, काठमाडौं । गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।
सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।
यसै गरी हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् ।
जाजरकोटमा ८१ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यु भएको छ ।
यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।