जाजरकोट । जाजरकोटमा गएराती गएको भूकम्पबाट नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरका अनुसार वडाको सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो ।
त्यसैगरी भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
सबै घरहरू ध्वस्त छन्, सुख्खा पहिरोको कारण बाटो अवरुद्ध छ जसले गर्दा उद्धारमा कठिनाइ भइरहेको छ । घाइतेहरूको उपचार समेत हुन सकेको छैन ।’