लकडाउन लम्बाउन उच्चस्तरीय समितिको सिफारिस

४ जेठ, काठमाडौं । आज बसेको कोभिड (१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै ५ बजे बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ ।

समितिमा रहेका एक मन्त्रीले भने, ‘सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्ने बताएका छन् ।