Breaking News

राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल (रिगल) को बारेमा सर्वोच्च अदालतले आज फैसला गदै

काठमाडौँ । राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल (रिगल) को बारेमा सर्वोच्च अदालतले आज फैसला गदैछ । सर्वोच्वमा कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्ध परेको रिटमा आजको सुनुवाइमा फैसला सुनाउने भएको
छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने भएको हो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।