Breaking News

नेपाली सेनाको उजुरीपछि डिल्लीराम खनाललाई साइबर ब्युरोले पक्राउ

नेपाली सेनाको उजुरीपछि डिल्लीरामखनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको
हो । खनाल सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका छन् ।

खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ । खनालले सेनाको विषयमा के अभिव्यक्ति दिएका थिए भन्ने विषय भने खुलेको छैन ।

खनाल यसअघि पनि पक्राउ परेका थिए । अभिनेत्री करिश्मा मानन्धरको बारेमा दिएको अभिव्यक्तिका कारण उनलाई ब्युरोले पक्राउ गरेको थियो ।