१४ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा मंगलबार तनाव सिर्जना भएको छ । एनआरएनएको आरके शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरुलाई दुर्व्यवहार र कुटपिट भएको भन्दै उजुरी दिएको छ ।
बस्नेतको टोली अध्यक्ष बद्री केसीलाई शुभकामना दिन त्यहाँ पुगेको थियो । त्यसक्रममा शर्मासहितका व्यक्तिहरुले तस्वीर खिचेका थिए ।
घटनामा शर्माको मुखमा चोट लागेको छ । एनआरएनएको अध्यक्षमा ३ कात्तिकमा बद्री केसी निर्वाचित भएका थिए । तर, विद्युतीय मतदानमा धाँधली भएको भन्दै प्रत्यासी आरके शर्माले समानान्तर कमिटी गठन गरेका छन् ।
काठमाडौं प्रहरी प्रमुख खत्रीका अनुसार, उजुरी आएपछि प्रहरीले कार्यालयको क्लोज सर्किट (सीसी) क्यामरा हेर्ने तयारी गरेको छ । उनले भने, ‘सीसी टीभी लगायत हेरेर अनुसन्धान गर्छौं ।’