Breaking News

आईसीसी एकदिवसीय विश्वकपमा आजदेखि सातौँ चरणको खेल सुरु हुँदै

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा आजदेखि सातौँ चरणको खेल सुरु हुँदैछ । सातौँ चरणको पहिलो खेलमा दुई टेस्ट राष्ट्र पाकिस्तान र बंगलादेश भिड्दै छन् । उक्त खेल कोलकातास्थित इडेन गार्डेन स्टेडियममा नेपाली समय अनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा यी दुवै टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ । दुवै टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना निकै कम छ । पाकिस्तानले हालसम्म खेलिएको ६ मध्ये चार खेलमा हार भोगेको छ । दुई खेलमा मात्र जित हात पारेको पाकिस्तान चार अङ्कसहित तालिकाको सातौँ स्थानमा आसीन छ ।

बंगलादेशले भने यसअघि खेलिएको ६ मध्ये एक खेलमा मात्र जित हासिल गरेको छ । बाँकी पाँच खेलमा बंगलादेशले पराजय ब्यहोरेको छ । बंगलादेशी टोली दुई अङ्कसहित तालिकाको नवौँ स्थानमा आसीन छ ।