Breaking News

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस लुम्बिनी पुगे

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस लुम्बिनी आएका छन्। अन्नपूर्ण बेस क्याम्पको भ्रमणपछि उनी लुम्बिनी आएका हुन् ।

लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका छन् । गुटरेस पूर्वनिर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बुद्धको जन्मस्थल लुम्बिनी आएका हुन् ।

लुम्बिनी विकास कोषका अनुसार महासचिव गुटरेसले लुम्बिनीमा झन्डै डेढ घण्टा बिताउने छन्। गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ ।