Breaking News

६२ वर्षीया सासूलाई  ३७ वर्षीया बुहारीले आफ्नो आधा कलेजो दान

काठमाडौँ । यही असोज २६ गते शुक्रवारका दिन भएको काठमाडौँ जिल्लाका ६२ वर्षीया सासूलाई  उनकी ३७ वर्षीया बुहारीले आफ्नो आधा कलेजो दान दिएकी थिइन् । बुहारी ६ दिन र सासू  १२ दिनमा  डिस्चार्ज भएका छन् । अंगदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य छ ।

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता वृद्धि हुँदै न्यूनतम शुल्क रु १५ लाखमा हुने गरेको छ र केन्द्र क्रमशः आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएको छ ।

GCI COLLEGE

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक तथा मिर्गौला एवं कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भएको प्रत्यारोपणमा  केन्द्रका शल्यचिकित्सक डा. रोशन घिमिरे, डा. सपना बर्मा, डा. रामबाबु साह, डा ललित कुमार दास, साथै एनेस्थेसियोलोजिबाट डा. आरती राई, रेडयोलोजिबाट डा. कृष्ण बुढाथोकी,  पयाथोलोजिबाट डा. सबिना श्रेष्ठ,  डा कर्ण राजवंशी,  फिेजियो बाट डा  सोनी तथा नर्सिङ अधिकृत अस्मिता कटवाल लगायतको नेतृत्वको टिमको सहभागिता थियो ।

Laxmi sunrise bank

केन्द्रमा २०७३ मङ्सिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात् छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरूको सहयोगमा निरन्तरता पाउँदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सक लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथमले सघाएका थिए ।

Shivam Cement

कलेजो प्रत्यारोपणका साथै नेपालमा प्रथम पटक मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवात गरेको यस केन्द्रले ११ वर्षको अवधिमा देशमा सबैभन्दा धेरै ११३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको छ ।

केन्द्रले अङ्ग दान गर्न र मस्तिष्क मृत्यु पश्चात् प्राप्त हुने अङ्ग प्रत्यारोपण कार्य प्रवर्धन गर्नको लागि  सबैमा अनुरोध गर्दै  प्रतीक्षाको सूचीमा नाम लेखाउन समेत अनुरोध गरेको छ ।