Breaking News

काठमाडौ उपत्यका सुनसान

काठमाडौँ । दसैँको नवौँ दिनसम्म आइपुग्दा काठमाडौँका सडकमा सवारी साधनको चाप निकै घटेको छ । प्राय सबै सडक खाली र बजार क्षेत्र सुनसान नै देखिन्छन् ।

दसैँ मनाउनको लागि लाखौँको सङ्ख्यामा मानिसहरू उपत्यकाबाट बाहिरिएसँगै सडक सुनसान प्राय देखिएका छन् । काठमाडौँ उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू कलङ्की, कोटेश्वर, बालाजु, बल्खु लगायतका क्षेत्र पनि सुनसान छन् ।

यो वर्ष करिब ११ लाख मानिस सहरबाट बाहिर गएको अनुमानित गरिएको छ ।