त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित

आशिफ शेखले अर्धशतक बनाए

६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९।२ ओभरमै भेटाएको हो ।

नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए।

आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् ।

यूएईका मोहम्मद जवादुल्लाहले २ र अकिफ राजाले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ र४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित
रहे ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २र२ विकेट लिए भने करण केसी र गुल्शन झाले एकरएक विकेट लिए ।

काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईविरुद्ध आशिफ शेखले अर्धशतक बनाएका छन् ।

आशिफले ४४ बलमा १ छक्का र ६ चौका मद्दतमा ५३ रन बनाएका हुन् ।

यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत भने राम्रो थिएन ।

नेपालले २.१ ओभरमै महत्वपूर्ण तीन विकेट गुमाइसकेको नेपालको इनिङ्स आशिफ र कप्तान रोहितले सम्हालेका छन् ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेलसँगै सोमपाल कामी र कुशल मल्ललाई सस्तैमा गुमाएको थियो । नेपालको तीन विकेट जाँदा जम्मा ११ रन थियो ।