काठमाडौं । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को अध्यक्षमा माधबराज खरेल निर्वाचित भएका छन् । संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
समारोहमा संस्थाले बार्षिक रुपमा प्रदान गर्ने सम्मान समेत प्रदान गरेको छ । जसमा शारिरिक सुगठनका गोल्ड मेडलिष्ट खेलाडी संजीव श्रेष्ठ, साहित्यकार अनु शाह, अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झा, महिला उद्यमी तथा चलचित्र निर्माता सारदा श्रेष्ठ, संचारकर्मी, समाजसेवी तथा पिम नेपालका संस्थापक सचिव राजन थापा, गायिका अनिता कुँवर, मोडल स्मारिका ढकाल र समाजसेवी गीता सिंह लगायत सम्मानित भए ।
संस्थाले राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड), पिम नेपाल फिल्म फेष्टिवल लगायत राष्ट्रिय रुपमा ख्याति कमाएका कार्यक्रमहरुको संचालन गर्दै आईरहेको छ । विशेषत नेपाली गीतसंगीत, कला, साहित्य, भाषा, संस्कृति र सम्पादाको प्रवद्र्धनमा संस्था क्रियाशिल रहँदै आएको छ ।
कार्यक्रममा चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी , पत्रकार विष्णु सुवेदी, बिजयरत्न तुलाधर, एनसिपीएका अध्यक्ष राजेन्द्र बजगाई, भरत बमजन, जुगल डंगोल, सन्तोष श्रेष्ठ, निर्देशक ऋषि लामिछाने, सुचित्रा श्रेष्ठ, दिनेश पाख्रिन, रश्मि भट्ट, बबिता श्रेष्ठ, लव प्याकुरेल, देबेन्द्र पाण्डे, डब्बु क्षेत्री, तुलसी गिरी भावुक, गीता अधिकारी, सानु श्रेष्ठ, सुर्य चन्द, रेडियोकर्मी हेम सुवेदी, कलाकार श्रीदेव भट्टराई, मोडल सनम कठायत, संगीतकर्मी ज्योती प्रकाश, राजेन्द्र पुरी, केन्जुमा सुब्बा, अमृत खाती, सामना साह, ईन्जिनियर रमेश शिवशंकर, ब्यवसायि विशाल खड्का, माउण्ट एभरेष्ट आरोही गीतकार पुरुषोत्तम सानु, फोटोग्राफर बद्रि थापा लगायतका ब्यीक्तको उपसिथ्ती थियो ।
कार्यक्रमको सभापतित्व बरिष्ठ कलकार तथा पिम नेपालका सल्लाहकार मोहन निरौलाले गरेका थिए ।