Breaking News

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले पद तथा गोपनियताको शपथ लिए

नेपाली काँग्रेसबाट बिद्रोहगरी एमालको समर्थनबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका केदार कार्कीले मुख्यमन्त्रीपद तथा गोपनियताको शपथ लिएका छन्।

आज दिउँसो प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ खुवाएका हुन्।

कार्कीसँगै नेकपा (एमाले) का रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रीको शपथ लिएका छन्।

राना नेकपा (एमाले) कोशी संसदीय दलका उपनेता हुन्। राईले कांग्रेसक। बिद्रोही सांसद
हुन् । उनीहरूलाई अहिले विनाविभागीय मन्त्री बनाइएको छ।

एमालेले आफ्ना दुई जनालाई शपथ गराउन दबाब दिएको थियो। मुख्यमन्त्री कार्कीले कांग्रेसका पनि दुई जनाको शपथ गराउने तयारी गरेका थिए।

एमाले र मुख्यमन्त्रीबीच कुरा नमिलेपछि आज दुई जना मन्त्रीको मात्रै सपथ भएको हो।