२७ असोज, काठमाडौं । मनाङ एयरको ९एन(एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।
रुम्झाटारबाट लोबुचे ९सोलुखुम्बु० उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७स्१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।
हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।
‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन, हाम्रो टोली घटस्थ्लमा पुग्दैछ, यात्रु कोइ नभएको कारणले मानवीय क्षति भएको छैन ।