Breaking News

महासचिव मान्दिन भने घरमा गएर बालाई मान्ने त ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनवादी केन्द्रीयता बाहेक संसारमा अरू सङ्गठनात्मक सिद्धान्त नभएको बताएका छन् । एमाले स्कुल विभागले आयोजना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनवादी केन्द्रीयता आवश्यक रहेको भन्दै जनवादी केन्द्रीयताविना पार्टी चल्न नसक्ने बताए ।

‘अहिले हाम्रो पार्टीमा बुझ्नुपर्ने कुरा अनुशासन चाहिन्छ भन्ने हो’, अराजकतालाई अस्वीकार गर्न कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भने, ‘नीति, विधि र सङ्गठनमा बाँधिएको मान्छे पार्टीको हो । नबाँधिएको पार्टीको हुँदैन ।’ उनले जनवादी केन्द्रीयतामा आदेश मात्र नभएर विचार विमर्श र छलफल हुने बताए । ओलीले एमालेभित्रै कतिपयले महासचिव मान्दिन भनेको सुनेको भन्दै महासचिव वा उपमहासचिव नमाने कसलाई मान्ने भनेर आक्रोश पोखे ।

‘अहिले सजिलो भएको छ । म महासचिव, उपमहासचिव मान्दिनँ के भन्या त्यो ? कसलाई मान्छ त बालाई मान्छ घरमा गएर ? यो अनुशासनहीन र अराजकता हो । पार्टीलाई पार्टीका रूपमा चलाउन अनुशासन र जनवादी केन्द्रीयता चाहिन्छ ।’

अध्यक्ष केपी शर्मा ओली