२६ असोज, काठमाडौं । चाडपर्व नजिकिंदै लाग्दा यात्रुहरुले आफ्नो गन्तव्यका लागि अग्रिम टिकट बुकिङ गरिरहेका छन् । तर यात्रुले सडक यातायातका लागि यात्रुहरुले सहजै बसको टिकट पाउन सकेका छैनन् । बस टिकटको लागि तँछाडमछाडका साथै बिहान देखि बेलुका लाइनमा बस्दा समेत पाउन मुस्किल भएको छ । तर हवाई मार्गबाट भने हवाई टिकट सहजै पाइने भएपनि ज्यादै महंगो देखिन्छ ।
सरकारले सार्वजनिक बसका लागि २२ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाएको छ । अहिलेसम्म नियमित रुटका लागि तोकिएका टिकटहरुको बिक्री सकिएर थप टिकटमा अग्रिम बुकिङ भइरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघले जानकारी दिएको छ ।
सार्वजनिक बसमा पहाडी भेगमा बाढी समस्या रहेको यात्रुहरुको गुनासो छ । यसलाई पनि थप सवारी साधनको व्यवस्थापन गरेर यात्रुलाई गाउँगाउँ लैजाने यातायात व्यावसायी बताउँछन् ।