Breaking News

कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैलाई समर्थन नगर्ने – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैलाई समर्थन नगर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले कसैलाई समर्थन नगरि तटस्थ बस्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता मोहन श्रेष्ठले दुबै पक्षले ४७–४७ जनाको हस्ताक्षर बुझाएकाले तत्काल पार्टीको आवश्यकता नदेखिएको बताए ।

उनले भने, ‘हामीले कोशी प्रदेशको विषयमा गम्भीर समीक्षा गरेका छौं । दुईजनाले ४७÷४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ । हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएन । आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिन्छ ।’

कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादी संसदी दलका नेता इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । प्रदेश प्रमुखले सरकार निर्माणका लागि दिएको समय आज साँझ ५ बजे सकिँदैछ ।