३ जेठ, काठमाडौं । हिजो मात्र संयुक्त सदनलाई सदनलाई राष्ट्पति बिद्यादेवी भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संशोधन प्रस्ताव दर्ता गराएको छ । आज शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव हालेको हो ।
उक्त संशोधन प्रस्ताव प्रस्तापक काँग्रेसद्वारा गठित छाया सरकारका अर्थमन्त्री मिनेन्द्र रिजाल र समर्थक सचेतक पुष्पा भुसाल र सांसद संजय गौतम रहेका छन् । सरकारले कोराना संकटका बेला नीति तथा कार्यक्रम ल्याउँदा प्राथमिकता नै पहिचान गर्न नसकेको बैठकले निष्कर्ष निकालेको सांसद डिला संग्रौलालाले जानकारी दिइन् ।
सांसद प्रकाश रसाइली (स्नेही) का अनुसार बैठकमा कोरोना भाइरसविरुद्ध लड्नका लागि सरकारको प्राप्त तयारी नभएको, कोरोना संकटबाट बाहिर ल्याउन कोरोना केन्द्रित नीति तथा कार्यक्रम नआएको र जनताको जीवन जोगाउने कुरामा नीति कार्यक्रम केन्द्रित नभएको सांसदहरुले विचार व्यक्त गरेका थिए ।
विदेशमा रहेका नेपाली स्वदेश फर्काउन कुरा र उनीहरुलाई स्वदेश फर्काइसकेपछि भोलि रोजगार र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको रसाइलीले आज पत्रकारलाई जानकारी
दिएका छन् । अवैधानिक रुपमा भारतबाट आएका मानिसहबाट कोरोना संक्रमण जोखिम बढेको भन्दै यस विषय सरकार गम्भीर नदेखिएको सांसदहरुले आफ्नो धारणा थिए ।
सांसदहरु बालकृष्ण खाण, मिनेन्द्र रिजाल, गगन थापा, ज्ञानेन्द्र कार्की पार्व्ति डिसी चौधरी, दिलेन्द्र प्रसाद बडूलायतले आफ्नो धारणा राखेका थिए ।
सांसद बडूले भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयमा अन्तर वस्तुबारे बैठकमा ब्रिफङ गरेका थिए । कोरोना कहरकाकीच केन्द्रदेखि स्थानीय तहमा भएको भ्रष्टचारको विषयमा पार्टी गम्भीर भएर प्रस्तुत हुनुपर्नेमा सांसदहरुले जोड दिएका थिए ।
आगामी दिनमा संसदमा प्रस्तुति आक्रमक बनाएर लैजानुपर्नेमा पनि सांसदहरुले जोड दिएका छन् । बैठक अन्तमा काँग्रेस संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुले राखेको धारणाको जवाफ दिएका थिए । सभापति देउवाले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गर्दै कार्यान्वयनमा लैजानुपर्ने बताएको संग्रौलाले जानकारी दिइन् ।
देउवाले आगामी दिनमा संसदमा आक्रमक रुपमा प्रस्तुत हुन निर्देशन पनि दिएका थिए ।