Breaking News

काठमाडौं महानगरपालिकाले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी सिर्जना घोषणा

२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी सिर्जना घोषणा गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन् ।

‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ भन्ने गौरवको योजना कार्यान्वयन गर्दे मेयर बालेनले श्रम बैंक मार्फत काम गर्ने बताएका हुन् । ‘महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंक को स्थापना गरेर रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंकका योजना अन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याएको बालेनले बताएका छन् ।

महानगरपालिकाका अनुसार महानगरका स्थायी बासिन्दा, महानगर का करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आबद्ध हुन सक्नेछन् ।

चालु आर्थिक वर्ष२०८०/८१ मा काठमाडौं महानगरपालिकाले महानगर गौरवको आयोजना, स्वर्णिम आयोजना र वडा तथा महानगरपालिका मार्फत हुने अन्य योजना छुट्टाएको थियो । बेरोजगार जनशक्तीहरुलाई श्रम बैंकमा आबद्ध गरेर आवश्यक स्थानमा परिचालन गर्ने महानगरको स्वर्णिम योजना हो ।