Breaking News

मातातिर्थ दोस्रो फुटबल गोल्डकप आजबाट सुरु

असोज २०, काठमाण्डौ ।  बिजया दशमी, दिपावली तथा छठ् पर्व २०८० अवसरमा मातातिर्थ विकास तथा संरक्षण समितिको आयोजनामा आजबाट चन्द्रागिरी नगरपालिका वडा ६ स्थित मातातिर्थ कुण्ड फुटबल ग्राउण्डमा बृहत दोस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । अघिल्लो वर्ष २०७९ को बडादशैंबाट सुरु गरिएको आयोजना यो वर्ष पनि दोस्रो प्रतियोगिताका रुपमा आज असोज २० गते बाट कार्तिक ४ गतेसम्म संचालन हुनेछ ।

मातातिर्थ दोस्रो फुटबल गोल्ड कपको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री पुकार महर्जनले यो फुटबल प्रतियोगिता गर्ने आयोजक मातातिर्थ संरक्षण विकास समितिले चाँडपर्वको अवसरमा खेलाडीलाई प्रोत्साहन र हसौलाका लागि मात्र नभएर  पर्यटन प्रवद्र्धन र यस मातातिर्थ कुण्ड क्षेत्रलाई चिनाउने र पर्यटकीय क्षेत्रको रुपमा प्रचार गरेर देश विदेशमा प्रचार गर्ने उद्देश्यले गरिएको यस फुटबल प्रतियोगिताले भविस्यमा यस क्षेत्रकोे पर्यटन सरक्षण र सम्बद्र्धनका लागि उल्लेखनीय योगदान गर्ने बताए । मन्त्री महर्जनले भने, विश्वकै औलिक तिर्थस्थल मातातिर्थ कुण्ड भएकाले यसको संमद्र्धन र सरक्षणमा आफ्नो तर्फबाट गरिने आर्थिक सहयोगका साथै भौतिक पूर्वाधार क्षेत्रका हिसावले पनि आफुले सक्ने जति सहयोग गर्ने बताए । साथै उनले आगामी दिनमा यस मातातिर्थ क्षेत्रलाई अझै विश्वमा चिनाउने खालका पर्यटन प्रवद्र्धनका साथै प्रचार/प्रसारमा टेवा पुर्याउने खालका कार्यक्रम ल्याएर संरक्षणतर्फ जानुपर्नेमा जोड दिए ।

उद्घाटन कार्यक्रमा चन्द्रागिरी नगरपालिका भित्रका ६, ७, ५, ८ नम्बरका वडाध्यक्षहरुको उपस्थिति भएको थियो ।
फुटबल प्रतियोगितामा सहभागी लिन १९ क्लवका खेलाडीले भाग लिएका छन् ।

फुटबल प्रतियोगितामा पहिलो उद्घाटन खेलमा सोल्टीमोड नेपाल क्लव र युनिक क्लबबीच खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफमा सोल्टीमोड नेपालले २ गोल गरेको छ गोल गर्ने खेलाडी जर्सी नम्बर ११ का खेलाडी प्रकाश थापा मगर रहेका
छन् । युनिकको तर्फबाट १ गोल रहेको छ । सो क्लबबाट जर्सी नम्बर ६ का खेलाडी गरेका हुन् । यो समाचार बनाउँदा सम्म दोस्रो सत्रको खेल सुरु भएको छ ।