Breaking News

लोकदेउडा गीतमा आधुनिक एवं पप गायक/गायीका रामजी खाँड र अञ्जु पन्तको प्रवेश

असोज १९, काठमाण्डौ । पछिल्लो चरणमा लोकदोहोरी भाका फस्टाउँदो र लोकदेउडा भाका खस्किदो अवस्थामा गइरहेको बेला खस भाषा लोकदेउडाले लय लिइरहेको समयमा आधुनिक तथा पप र अन्य गीत गाएर दर्शकका साथै नेपाली रंगमञ्चमा ज्यादै ख्याति कमाएकी गायीका अञ्जु पन्त र गायक रामजी खाणले  लोकदेउडा गीत गाउँन सुरु गरेका छन् । आधुनिक गायक गायीकालाई लोकदेउडा गाउन दिएर पहिलो सुरुवाती चरणमा लोकगायक महेन्द्र शाही (रास्कोटी) ले आँट गरेका छन् । यसै शिलशिलामा लोकदेउडा गायक महेन्द्र शाही (रास्कोटी) कै नयाँ एल्बम “तेरी प्याटुली”  मा गायक/गायीका पन्त र खाण ले  लोकदेउडा गीतमा स्वर दिएका छन् ।

नेपाली सांगेतिक बजारमा आधुनिक तथा र्यापका साथै पप गीतले मध्य तथा सुदूरपश्चिमको अति नै लोकप्रिय लोक देउडा गीत ओझेलमा पारिएको बेला लोकगायक महेन्द्र शाही (रास्सकोटी) ले लोकदेउडा गीतलाई पहिले कै अवस्थामा ल्याउन जमर्को गरेका छन् । गायक शाहीले खस भाषा लोक देउडालाई आजको आधुनिक सांगितक दुनियाँमा शसक्त बनाउँदै भन्दै नयाँ लोक देउडा भाकाको नयाँ लोकदेउडा “तेरी प्याकुली” ल्याएका छन् ।

आधुनिक तथा पप गायक/गायीकाको स्वर भेरर ल्याइएको लो देउडा एल्बले अझ पनि लोकदेउडा नेपाली रंगमञ्चमा लोकप्रिय छ भन्न गर्न खोजेका छन । खस भाषामा आधारित लोकदेउडाको जर्गेना र नेपाली संगित प्रेमीको मनमनमा बसाउनको लागि आफुले नेपालका चर्तित तथा ख्याती प्राप्त गायकगायीका रामजी खाण र अञ्जु पन्तलाई लोकदेउडामा भिजाएर मध्य र सुदूरपश्चिमको खसभाषा लोकदेउडाको जर्गेर्ना गरेर अझै विश्वभरीमा चिनाउने चाहको भएको बताए ।

यो लोकदेउडा बिशेषगरी मध्य र सुदूरपश्चिममा मात्र गाइने भएकाले अबका दिनमा नेपालका सबै क्षेत्रका र भेगका लोकसंगितप्रेमीहरुले समेत गाउन र गुनगुनाउन सक्ने खालको लोकदेउडा पस्कने चमर्को गरेको बताए ।

यस गीतमा गायक राम जि खाण, गायीका अन्जु पन्त, देउडा गायक महेन्द्र  शाही (रास्कोटी), गायिका गौरी भट्टले आवाज भरेका छन् । गीतको शब्द केशर बाहादुर सिँह आक्रोसले गर्नुभएको छ भने, लयसंकलन देउडा खेलाउडा ललित बहादुर शाही र देउडा गायक महेन्द्र शाही (रास्कोटी)  को रहेको छ । गीतमा गायीका अन्जु पन्तले अमेरिका बाट भोकल भरेकी छन् ।

यो लोकदेउडा गीतमा गायन क्षेत्रमा फरक रंग ल्याउने कोशिस गरिएकोे छ ।
यस गीतमा भिन्न किसिमका गीत समाबेस गरेकाछन् ।

गीतको केही स्वल यस्ता छन् :
केपी बा ससुरा हुनु प्रचण्ड बाउ हुनु
बालेन साह जस्तो माया बजार भाउ हुनु

आदि.. आदि जस्ता शब्द गरिएका छन् ।

गीतको बारेमा प्रतिक्रिया दिने क्रममा गायीका अन्जु पन्तले भनिन्, हरेक किसिमका गीत गाउदै क्रममा देउडा गीत गाउने अबसर मिलेको थिएन तर आज लोकदेउडा गीत गाउन पाउँदा निकै खुशी लागेको लागेको र यो अवसर दिने सबैलाई धन्यवाद दिएकी छन् ।

गीतकोे बारेमा प्रतिक्रिया दिंदै गायक रामजी खाणले, आफुले पहिलो पटक देउडा गित गाउन पाउँदा निकै खुशी लागेको र अबको मध्य र सुदूरपश्सिमका स्टेज कार्यक्रममा बोलाएका अवसरमा आफु उपस्थित भएर देउडा र लोकदोेहोेरीका गीत गाउने बताए ।