नेकपा एमालेको कर्णाली प्रदेशको नेतृत्व चयनका लागि हिजो दिनभरी गरी बेलुका ९ बजे सकिएको निर्वाचनको मत गणना आज हुँदैछ। अहिले केहीबेर ८ बजेदेखि मत गणना सुरू गर्न लागिएको जानकारी प्राप्त भएकोा छ ।
एमाले कर्णाली प्रेशका करिब ६१६ जना मतदातामध्ये ६०९ जनाले मतदान गरेका थिए।
असोज ११ गते बुधबारदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट आज सोमबार मतगणनासँगै नयाँ नेतृत्व घोषणा हुनेछ।
१३५ सदस्यीय प्रदेश कमिटीमा पहिलो चरणमा १२५ जना निर्वाचित हुनेछन्। तीमध्ये पनि लेखा समितिका उपाध्यक्षसहित ४४ जना सदस्यहरु निर्विरोध चयन भईसकेका छन्।
एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा भएको छ ।
सल्यानका गुलाबजंग शाह, प्रकाश रोकाया र मिनबहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दिएका थिए।
गुलाबजंग शाह र मिनबहादुर शाहीले प्यानलनै बनाएर चुनावी मैदानमाा उत्रिएका थिए भने प्रकाश रोकायाले सिंङगल आफु मात्र अध्यक्षमा लडेका छन् ।
यस्तै उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, मुगुका दानसिंह परियार र जाजरकोटका लालबहादुर महाताराबीच प्रतिस्पर्धा छ।
सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार छन्।
उपसचिवमा ९ जनाको उम्मेदवारी छ।
मुगुका उब्जनबहादुर शाही, सुर्खेतका तेजकुमार विक (तोरण) जुम्लाका धिरेन्द्रराज गिरी, रुकुम पश्चिमका नारायणकुमार शाह, सुर्खेतका पद्मा खड्का, जुम्लाका मेनका पछाई, कालीकोटका रमेशकुमार शाही, दैलेखका रविन्द्रराज शाही र बखतबहादुर भण्डारी उपसचिव पदका लागि प्रतिस्पर्धामा छन्।