Breaking News

एकीकृत समाजवादीले असोज १४ गतेदेखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले असोज १४ गतेदेखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
समाजवादीले बिहीबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलन गर्दै झापाको मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने जनाएको हो ।

अभियानका क्रममा समाजवादी जागरण अभियान को नाममा जनताको घर दैलोमा पुग्ने समाजवादीले जनाएको छ । त्यस्तै, सुशासन, विकास र रोजगारीको मागका साथै भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नका लागि अभियान गर्न लागिएको नेकपा एकीकृत समाजवादीको भनाइ छ ।

अभियानका क्रममा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए । पार्टीको धारणाहरु जनतामा पुराउने र जनताको विश्वास हासिल गर्ने गरि अभियानको आयोजना गरिएको उनले बताए ।

अध्यक्ष नेपालले समानताको धारणा, न्याय, सुशासनको प्रत्याभूति, बिकासको अभियान र जनतालाई समृद्ध बनाउने खालको समाजवादको अवधारणा सहित जनतामाझ जाने जिकिर गरे ।
त्यस्तै पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अन्दाधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउने बताए ।

शिक्षकहरुको आन्दोलनका बिषयमा उहाले कतिपय अपुग भएका बिषयमा पनि सरकारको ध्यान जानुपर्ने र जायज मागहरु पुरा हुनुपर्ने धारणा राखे । उनले गठबन्धन र समाजवादी मोर्चामा पार्टी रहेको भन्दै मोर्चा स्पष्ट लक्ष्य र आफ्नो कार्यक्रम अघि बढिरहेको जिकिर गरे ।

अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा रोकिएको मोर्चाको सभाका बारेमा शुक्रबार बस्ने मार्चोको सचिवालय बैठकले टुङ्गो लगाउने बताए । समाजवादीले समाजवादी जागरण अभियानमा सहभागी हुन आह्वानसमेत गरेको छ ।

यस्ता छन् तय गरेका नाराहरु
आधुनिक कृषि र रोजगारी, समृद्धिको तयारी अबको नेपाल, रोजगार नेपाल ।
नेकपा एस आयो घरघरमा, जनताको अधिकार– गाँस, बास, कपास र रोजगार ।
युवाको अधिकार– शिक्षा, स्वास्थ्य र रोजगार दशैँ, तिहार छठको मंगलमय शुभकामना ।
सबैभन्दा बेस नेकपा एस जनशक्तिको निर्यात बन्द गर– सबैलाई रोजगारीको ग्यारेन्टी गर ।
युवाहरु हो, समाजवादी क्रान्तिको लागि तयार होऔं ।
गरिवीको पिँजडाबाट मुक्त गर,समृद्ध नेपाल निर्माण गर ।
भूमिहीनलाई भूमि देऊ,अब्यवस्थितलाई लालपूर्जा देऊ ।
बैदेशिक हस्तक्षेप मुर्दावाद,आत्म निर्भर नेपाल जिन्दावाद ।
भाषा धर्म संस्कृति– नेपाल नामको फूलबारी ।
धार्मिक सहिष्णुता र एकता नेपालीको सभ्यता ।
दलाल पूँजीको अन्त्य गरौं– राष्ट्रिय पूँजीको विकास गरौं ।
नेपाली कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गर ।
उदारवादी अर्थतन्त्र अन्त्य गर, समाजवादी अर्थतन्त्र लागु गर ।
नो ईम्पेरेलिजम, बट सोसलिजम ।
किसानको लागि उत्पादन विक्री– मजदुरको लागि पर्याप्त ज्याला ।
लिम्पियाधुरा कालापानी फिर्ता गर, सीमा मिच्न बन्द गर ।
नेपाली भूमि फिर्ता गर– देशको सीमा रक्षा गर ।
गास, कास, कपास समाजवादी आवाजमा – ब्युँझ, उठ निमुखा समाजवादीको साथमा ।
नेपाली विशेषताको समाजवाद– बोल नेपाली जिन्दावाद ।
शिक्षा, स्वास्थ्य निशुल्क गर–स्वस्थ्य पिउने पानीको ब्यवस्था गर ।
भ्रष्टाचारीलाई पाता कसौँ, जनता हामी चुपचाप नबसौँ ।
गरीबी र भ्रष्टाचार– जनता भनौं खबरदार ।
शिक्षा,स्वास्थ्यमा गुणस्तरीय र सुलभ सेवा देउ ।
युवाको हातमा देश छ– तर युवा विदेश छ ।
रोजगारीको ब्यवस्था गर– युवा निर्यात बन्द गर ।
देशमै शिक्षा, देशमै रोजगारी – अनि मात्र हुन्छ समाजवादको तयारी ।
चुरे महाभारतको संरक्षण– पर्यावरणको प्रबर्द्धन ।
चुरे महाभारतको संरक्षण– मधेसमा उत्पादन प्रबद्र्धन ।
बैंकको ब्याजदर तुरुन्त घटाउ– उद्योग ब्यवसाय चलायमान बनाउ।
निर्माण व्यावसायीको भुक्तानी गर– विकास कार्य सूचारु गर ।
जनताको सेवामा एकीकृत समाजवादी ।
पर्यावरणको सन्तुलन,वातावरणको संरक्षण ।
हरियाली नेपालको लागि नेकपा एकीकृत समाजवादी ।
हामी जित्नेछौँ एक दिन, जनताको हौसला बढाई राखौं हामी जित्ने छौं एक दिन ।
जन अभियान चौरासी, घरघरमा कलम जन जनमा समाजवादी ।
किसानलाई देउ सरकार– मल, बीऊ, पानी र औजार ।
किसानको उत्पादन खरिद गर, कृषि बचत सुनिश्चित गर।
सयौँ फूलका थुँगा हामी एउटै माला नेपाली ।
नेपालीको प्यारो पार्टी एकीकृत समाजवादी ।
विकृति विसंगतिको अन्त्य गरौं– संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं।
समाजवादी जागरण अभियान २०८० ले तय गरेका मागहरु
कालोबजारी बन्द गर, बढ्दो महँही नियन्त्रण गर ।
सन १९५० को असमान सन्धी खारेज गर।
समृद्धि र विकासको लागि एकीकृत समाजवादी, मेची काली सरर नेकपा एसको झण्डा फर ।
जनताको साथ देशको विकास ।
सीमानाको नियमन गर, वर्क पर्मिट लागू गर ।
सबै खेति योग्य जमीनमा सिँचाईको ब्यवस्था गर
नेपालको खनिज पदार्थको दोहन बन्द गर ।
स्वदेशी उत्पादन प्रबद्र्धन गराँै– आत्म निर्भर नेपाल निर्माण गरौं।
सटरहरु खाली छ – सरकार किन देख्दैन,
जनताहरु भोकै छन्– देशलाई किन दुख्दैन ।

समाजवादी जागरण अभियानका लागि तय गरिएको गीत

मेचीदेखि कालीसम्म,
जनतादेखि जनतासम्म,
राष्ट्रियताको झण्डा फहराउँदै,
भ्रष्टाचारको निर्मूल गर्न, जन एकताको हातेमालो गर्दे,
समृद्ध नेपाल बनाउन आयो समाजवादी
समाजवादको लक्ष बोकी संगै हिँनौ साथी,
न्याय मूलक समृद्धिमा हात जोडौँ साथी,
जनता उठे देश उठ्छ, उठौँ जागौँ आजै
भन्दै आयो नेकपा एकीकृत समाजवादी ।
युवा आए कलम बोकी, बुबा आमा आए
दिदी बहिनी, दाजुभाई झण्डा बोकी आए
हेपिएका ठगिएका मुठी कस्तै आए
एकीकृत समाजवादी जिन्दावाद गाए ।