Breaking News

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको अन्तिम मतदाता नामावली प्रकाशित मतदान भोली

काठमाडौँ । एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्वको लागि अन्तिम मतदाता नामावली राती ९ बजे प्रकाशित हुने भएको छ भने मतदान भोलि बिहान ८ बजे बाट केन्द्रीय कार्यालय च्यासलमा हुने बताइएको छ । त्यसका लागि आज बेलुका ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो ।

मतदान प्रक्रिया सँगै सहमतिमा उम्मेदवार बनाउने प्रयास जारी रहेको छ ।

यसअघि पटक पटक मतदानको कार्यसूची सर्दै आएको छ । अध्यक्षका लागि चुनावी मैदानमा कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल रहेका छन् । दुई जना उम्मेदवार केशवप्रसाद पाण्डे र सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।