Breaking News

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश बस दाङमा दुर्घटना १५ जना घाइते

९ असोज, दाङ । आज बिहान दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश(०२(००१ ख( ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही(९ अमिलियामा आज बिहान साढे ६ बजेतिर दुर्घटना भएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीले बताएको छ ।

अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेका छन् ।
दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।