Breaking News

काठमाडौं महानगरका प्रमुख बालेन शासहले सामाजिक अभियन्ता ईःलाई नगर प्रहरी लगाएर थर्काए

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शासहले सामाजिक अभियन्ता ईःलाई नगर प्रहरी लगाएर थर्काएको आरोप लागेको छ ।

फुटपाथ व्यवसायीलाई विकल्पविना विस्थापित गरेको विरोधमा असोज १ गतेदेखि काठमाडौं महानगरपालिका अगाडि उभिरहेका सामाजिक अभियन्ता ईः लाई बालेनले नगर प्रहरी लगाएर थर्काएको आरोप लागेको हो ।

मेयर बालेनले वार्तामा बोलाउँदा पनि सम्पर्कमा नआएको आरोप लगाएपछि सामाजिक अभियन्ता ईः ले सामाजिक सञ्जालबाटै आफुहरुलाई नगर प्रहरी लगाएर थर्काउने काम भएको बताएका हुन् ।

‘मेयर यहाँ आउनु भएको होइन । जवाफदेहिता मागिरहेका साथीहरु साक्षी छन् । करिब २० मिनेट अगाडि अकास्मत एकजना नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए । हामीले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरुलाई बोलाउन ३० मिनेट समय माग्यौँ । नगर प्रहरीले रिसाएर जवाफ दिए, ‘त्यसो भए मेयरले भेट्दैन ।’

तर उता मेयर बालेन्द्रले भने आफैं वार्ता गर्न तयार रहेको बेला अभियन्ताहरु सम्पर्कमै नआएको जिकिर गरेका छन् । ईःसँगै उभिएर थुप्रैले साथ दिएका छन् । संवाद नगरेको भन्दै मेयर बालेनको आलोचना भइरहेको छ ।