Breaking News

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन

काठमाडौं । राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गरेका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो माइतीघर बानेश्वर सडक खण्डमा लम्पसार सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाइएको बताए ।

शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरु असोज ३ गतेदेखि काठमाडौं केन्द्रीत आन्दालेनमा होमिएका थिए । गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो ।

तर, उक्त सम्झौतामा आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिएका छन् ।