५ असोज, काठमाडौं । सरकारले केही दिन अघि शिक्षा सम्बन्धी विधेयक ल्याएपछि त्यसको बिरुद्धमा देशभरीका सामुदायिक बिद्यायका शिक्षकहरु सो शिक्षा विधेयकको विरोधमा राजधानी काठमाण्डौमा हिजो आज गरी दुई दिन आन्दोलन गर्दा काठमाण्डौको यातायात व्यवस्था अस्तव्यस्त भएको थियो । दुई दिन भएको आन्दोलनमा शिक्षक र प्रहरीबीच तानातान र धकेलाधकेल समेत भएकाके थियो । शिक्षकले आन्दोलन माइतिघरदेखि संसद भवन बानेश्वरसम्म केन्द्रबिन्दु बनाएर आन्दोलित भएका थिए । सरकारले वार्ताका लागि बोलाएको बेला पहिलोदन आन्दोलनरत शिक्षकका संघठनहरु वार्तामा नगएर आन्दोलन थप चर्काएपछि आज बेलुको सरकार र शिक्षकबीच छ बुँदे सहमति भएको छ ।
सहमतिमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहमतिमा भनिएको छ ।
सहमति अनुसार शिक्षकको १०-१० वर्षमा आवधिक बढुवा हुने व्यवस्था गरिने छ ।
शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने पनि सहमति पत्रमा उल्लेख छ ।
तर आज भएकोे सहमतिमा भने राहत शिक्षक केन्द्रीय समितिले सहमति पत्रमा हस्ताक्षर गरेको छैन । उसले भोलिबाट आफ्नो तर्फबाट थप आन्दोलन गर्ने भनिए पनि एकीन भएको छैन ।