जापान र हङकङकको भिसा भएका र नेपाल घुम्न आएकाहरुलाई जान अनुमति दिइने

२ जेठ, काठमाण्डौ । सरकारले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ ।

आज शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको हो ।
‘जापान र हङकङको भिसा भएका र यहाँ आएकालाई जान अनुमति दिने निर्णय गरियो’, उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी
दिए ।

जापान र हङकङमा स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकाहरूलाई जान दिइने उनले बताए । ‘तर उनीहरू आफ्नै खर्चमा जानुपर्छ । सरकारले जान अनुमतिमात्र दिएको हो ।