उच्चस्तरीय समितिको बैठक सिसंहदरबारमा जारी आजै २ बजे मन्त्रीपरिषद्को बैठक बालुवाटारमा बस्ने

२ जेठ, भक्तपुर । कोरोना रोकथाम र जारी लकडाउनलालाई कसरी प्रभावकारी बनाउने भन्ने बारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसिरहेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउने बारे छलफल गर्न विज्ञहरूसहितको बैठक बसेको हो ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

यसैबीच आजै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
प्रधामन्त्री निवास बालुवाटारमा २ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने बताइएको छ ।