काठमाडौँ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् । केन्द्रीय बैंकको नीतिअनुसार असोज महिनाको १ गतेदेखि लागू हुने नयाँ ब्याजदर बैंकहरुले भदौ मसान्त अर्थात् भदौ ३१ गते सार्वजनिक गरेका हुन् ।
यस्तै, तीनवटा बैंक एभेरेष्ट, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले समान ११.०५ प्रतिशत ब्याजदर तोकेका छन् । तर यता, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंक भने भदौको भन्दा केहीँ ब्याजदर घटाएर १०.५० प्रतिशतसम्म तोकेका छन् । भदौका लागि यी बैंकहरुले १० प्रतिशतदेखि १०.९० प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।
यस्तै सानिमा बैंकले ९.९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९.५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२९ प्रतिशत र नेपाल बैंकले ९.२५ प्रतिशतले ब्याजदर तोेकेका छन् । यी बैंकहरुले भदौ महिनाका लागि क्रमशः १०.९० प्रतिशत, ९.९९ प्रतिशत, ८.९२ प्रतिशत र १०.९० प्रतिशत ब्याजदर तोकेका थिए ।
असोज महिनाका लागि बैंकहरुको औसत ब्याजदर १०.२२ प्रतिशत रहनेछ ।